शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

१३ जिल्लामा कांग्रेसको वडा अधिवेशन कहिले हुन्छ ? पालिका अधिवेशन कहिले ?

१३ जिल्लामा कांग्रेसको वडा अधिवेशन कहिले हुन्छ ? पालिका अधिवेशन कहिले ?

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 5.3K
    SHARES

  • १३ जिल्लामा कांग्रेसको वडा अधिवेशन कहिले हुन्छ ? पालिका अधिवेशन कहिले ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै भदौ ९ गतेका लागि तोकिएको पालिका अधिवेशन समेत अनिश्चित बन्दै गएको छ ।

    क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर असोज ९ गतेका लागि तोकिएको पालिका अधिवेशनमा समेत पर्ने भएको छ ।

    क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले १३ जिल्लामा वडा अधिवेशन समेत धकेलिने भएपछि पालिका अधिवेशन समेत केही दिन सर्ने जानकारी दिए । ‘१३ जिल्लामा केही दिनभित्रै वडा अधिवेशन हुन्छ, भदौ ९ गतेमा पालिका अधिवेशन तोकिए पनि ती जिल्लामा सोही मितिमा पालिका अधिवेशन सम्भव छैन,’ ढुंगानाले भने, ‘पहिले वडा अधिवेशन भएका जिल्लामा हुन्छ, अन्यत्र सर्छ ।’ उनका अनुसार २ नम्बर प्रदेशका सबै जिल्लामा प्रायः सदस्यता विवाद समाधान भइसकेको छ ।

    रौतहट र बाराको सदस्यता रुजु जारी रहेको छ । १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलवार ७ जिल्लामा प्रक्रिया सुरू भइसकेको छ ।

    काठमाडौं, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन प्रक्रिया सुरू भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । वडा अधिवेशन गत भदौ १८ गतेमा तोकिएको थियो ।

    तर तोकिएको मितिमा प्रक्रिया मात्रै सुरू भएको थियो । अब २ नम्बर प्रदेशका ८ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण पार्टी वेबसाइटमा सार्वजनिक गर्न बाँकी रहेको छ ।

    महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गतेका लागि तय गरिएको छ ।

    एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १०–१२ गते र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९–१३ गतेसम्म तय भएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend