शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा पक्षबाट बैतडी कांग्रेसमा चम्किँदैछन् शिवराज भट्ट, प्यानल नै घोषणा

देउवा पक्षबाट बैतडी कांग्रेसमा चम्किँदैछन् शिवराज भट्ट, प्यानल नै घोषणा

  • मिडिया डबली
  • मंगलवार, आश्विन ५ २०७८

  • 6.4K
    SHARES

  • देउवा पक्षबाट बैतडी कांग्रेसमा चम्किँदैछन् शिवराज भट्ट, प्यानल नै घोषणा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत बैतडी जिल्लाको नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा निकट संस्थापन पक्षले प्यानल घोषणा गरेको छ ।

    संस्थापन पक्षले घोषणा गरेको प्यानलमा जिल्ला सभापतिका लागि पूर्व सभापति समेत रहेका शिवराज भट्टलाई मैदानमा उतारिएको छ ।

    पार्टी उपसभापतिमा वर्तमान सचिव तथा सुर्नाया गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्ट र पूर्व उपसभापति तथा सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीलाई अगाडि बढाइएको छ ।

    जिल्ला सचिवमा रमेश भण्डारी र कर्ण बोहराले उम्मेदवारी दिने पक्कापक्की भएको जनाइएको छ । देउवा पक्षले पार्टी उपसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अगाडि बढाएको छ ।

    संस्थापन पक्षमा एकै हैसियतका नेताहरु धेरै भएकाले उम्मेदवार छनोट गर्न ढिलाइ भएको बैतडीका नेताहरू बताउँछन् । 

    संस्थापन पक्षले आफ्नो पक्षमा ७० प्रतिशत मत आउने दाबी गरेको छ । बैतडीमा कांग्रेसको जिल्ला अधिवेशन असोज १५ गते हुने तय भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend