काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा आज मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
सरकारले कोभिड–१९ संकट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गरको छ ।
कोभिड–१९ व्यवस्थापन आदेश–२०७८ स्वीकृत गरेको छ । बैठकले कर्णाली करिडोर अन्तर्गत करीब साढे १८ किलोमिटर ट्रयाकको काम सुरू गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गरेको छ ।
यी हुन् निर्णयहरू
१– राजनीतिक नियुक्तिका सबै राजदूतहरू फिर्ता बोलाउने ।
२– कर्णाली करिडोर अन्तर्गत सलिसल्ला, सिमिकोट खण्डको बुल्दिकुनादेखि लालीबगरसम्म सडकखण्डको ७ किलोमिटर र लैखुबद्री गाउँदेखि हुकाखोलासम्म १३ दशमलब ५ किलोमिटर सडक निर्माणको ट्रयाक निर्माणण कार्य नेपाली सेनालाई थाल्न स्वीकृति प्रदान ।
३– कोभिड–१९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत प्रदान । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान ।
४– कोभिड–१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने ।
५– संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन गर्ने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।