काठमाडौं – संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको अवरोधबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको बजेट पारित भएको छ ।
आज सोमवारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेपछि बहुमतले पारित भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक संसदमा ल्याएको हो ।
अर्थमन्त्री शर्माले सोमबार भएको छलफलका क्रममा प्रतिस्थापन विधेयकमा अध्यादेशमा भएका ३ प्रतिशत कुराहरू मात्र फेरबदल गरिएको बताएका छन् ।
बजेट पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्नुपर्ने जनाइएको छ ।
पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखविरुद्ध एमालेले आक्रोश व्यक्त गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।