शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

विष्णु पौडेल र घनश्याम भुसाललाई टक्कर दिन मैदानमा उत्रिए यी अध्यक्ष !

विष्णु पौडेल र घनश्याम भुसाललाई टक्कर दिन मैदानमा उत्रिए यी अध्यक्ष !

  • मिडिया डबली
  • आइतवार, आश्विन ३ २०७८

  • 11.1K
    SHARES

  • विष्णु पौडेल र घनश्याम भुसाललाई टक्कर दिन मैदानमा उत्रिए यी अध्यक्ष !

    काठमाडौं – नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता हुँदा रुपन्देहीका चर्चित नेताहरू उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल एमालेमै रहे । 

    चर्चित नेताहरू एमालेमै रहँदा एकीकृत समाजवादीमा नेतृत्वको संकट रहेका बेला रुपन्देही जिल्लामा पौडेल र भुसाललाई टक्कर दिन राजु गुरुङ एकीकृत समाजवादीको जिल्ला अध्यक्ष बनेका छन् ।

    पार्टीले जिल्ला कमिटीका पदाधिकारीलाई पूर्णता दिँदै नयाँ नेतृत्व चयन गरेको छ । यसअघि भदौ ११ गते बसेको बैठकले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादीमा समायोजन गर्ने निर्णय गरेको छ ।

    आज आईतवार बुटवलमा बसेको बैठकले पदाधिकारीलाई पूर्णता दिएको छ । एकीकृत समाजवादीको अध्यक्षमा राजु गुरुङ, उपाध्यक्षमा सिद्धिचरण भट्टराई, सचिवमा अविराम विक र सहसचिवमा सरिता श्रीस चयन भएका छन् ।

    यसअघि एमालेमा रहँदा नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा रहेका उपाध्यक्ष पुरुषोत्तम घिमिरे र सचिव जागेश्वरीदेवी चौधरी एमालेमै फर्किएपछि नयाँ पदाधिकारी चयन गरिएको हो । 

    बैठकलाई पूर्व सांसद तथा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सल्लाहकार आदित्य नारायण कसौधनले सम्बोधन गर्दै एमाले कम्युनिस्ट आदर्श र सिद्धान्तबाट च्युत भइसकेकाले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने आरोप लगाएका छन् ।

    वैचारिक दृष्टिले दक्षिणपन्थी बिसर्जनवादमा फसेको एमाले आगामी चुनावबाट सांगठनिक रूपमा पतन सुरु हुने उनले दाबी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:३१:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend