काठमाडौँ- कृषिमन्त्री घनश्याम भुसाल आफूलाई कृषि विज्ञ मान्छन् । तर, अहिलेसम्म केही गर्न सकेनन् । किसानलाई बाली लगाउने बेला मलकोे जोहो गर्ने काम कृषिमन्त्री र मन्त्रालयका सचिवहरुको हो ।
प्रधानमन्त्रीले युरिया मल बंगलादेशसँग पैंचो मागेर घनश्याम भुसाललाई लज्जित बनाइदिएका छन् । उनलाई कुर्सीमा बस्न गाह्रो भएको छ । भुसाल पहिले ओलीका कट्टर विरोधी थिए । एकैपटक ओलीले भुसाललाई नैतिक संकटमा पारिदिएका छन् ।
मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन नसकेपछि नेपालमा मलको अभाव भएपछी मलको अभाव भएसँगै सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल पैंचो मागेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो बंगलदेशका प्रधानमन्त्रीसँग टेलिफोन कुराकानी भएको र मल दिन सकारात्मक रहेको बताएका थिए । ट्विटर मार्फत ओलीले मंगलबार दिउँसो समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेको बताएका थिए ।
‘प्रधानमन्त्री हसिनासँग दुई देशको हितका विषयमा उपलब्धिमुलक छलफल भयो, नेपालको तत्काल आवश्यकताको लागि माग गरिएको युरिया मलका लागि उहाँ सकारात्मक हुनुहुन्छ,’ प्रधानमन्त्रीले ट्विटरमा लेखेका थिए ।
यस्तै सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएका चारबुँदे सुझाबमाथि प्रतिक्रिया दिँदै मन्त्री भुसालले यसबारे अध्ययन भइरहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले हरेक वर्ष हुने मलको हाहाकार अन्त्य गर्नका लागि भारत, बंगलादेश र चीनसँग संयुक्त लगानीमा नेपालमै कारखाना खोल्न सुझाब दिएका छन्।
उनले मल बढी उत्पादन हुने खाडी मुलुकसँग सम्झौता गरेर सिधै आयात गर्न, तेलमा झैं मलमा पनि भारतसँग द्विपक्षीय सम्झौता गरेर आयात गर्न र देशभित्रै प्रांगारिक मल प्रवर्धन गर्न समेत प्रस्ताव गरेका छन्।
‘प्रत्येक वर्ष हुने मलको हाहाकार अन्त्य गर्न यसो गरौं– १. भारत, बंगलादेश र चीनसँग संयुक्त लगानीमा नेपालमै कारखाना खोलौं, २. मल बढी उत्पादन हुने खाडी मुलुकसँग सम्झौता गरेर सिधै आयात गरौं, ३. तेलमा झैं मलमा पनि भारतसँग द्विपक्षीय सम्झौता गरेर आयात गरौं, ४. देशभित्रै प्रांगारिक मल प्रवर्धन गरौं’, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्।
प्रत्येकबर्ष हुने मलको हाहाकार अन्त्यगर्न यसो गरौं :१.भारत/बंगलादेश/चीनसंग संयुक्त लगानीमा नेपालमै कारखाना खोलौं;२.मल बढी उत्पादन हुने खाडी मुलुकसंग सम्झौता गरेर सिधै आयात गरौं;३.तेलमा झैं मलमा पनि भारतसंग द्विपक्षीय सम्झौता गरेर आयात गरौं;४.देशभित्रै प्रांगारिक मल प्रबर्धन गरौं!
— Baburam Bhattarai (@brb1954) September 1, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।