काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालको पार्टी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान तम्तयार भएको छ ।
अध्यक्ष नेपालले अबको १ हप्ताभित्र एस पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।
आज आईतवार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा समेत सहभागी हुने तयारी भइरहेको बताएका छन् ।
अध्यक्ष नेपालले भने, ‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । आफूसँग असहमत भएकाहरूको मानमर्दन गर्न पठाइएको थियो । ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’
अध्यक्ष नेपालले १ नम्बर प्रदेश र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेको समेत बताए । उनले भने, ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरूको सरकार छ । अब त्यहाँ १ हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।