आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए नेपाललाई संविधान दिवसको शुभकामना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए नेपाललाई संविधान दिवसको शुभकामना

  • मिडिया डबली
  • आइतवार, आश्विन ३ २०७८

  • 4.2K
    SHARES

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए नेपाललाई संविधान दिवसको शुभकामना

    काठमाडौं – नेपालको संविधान तथा राष्ट्रिय दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाएर मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका छन् ।

    संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै मोदीले सन्देशमा दुबै देशबीचको अनुपम एवं विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीच मात्र रहेको जनाएका छन् ।

    अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर तथा अविचलित सहयोग हुने प्रतिबद्धता मोदीले व्यक्त गरेका छन् ।

    ओजपूर्ण तथा बहुआयामिक साझेदारीको माध्यमबाट शान्ति र समृद्धि हासिल गर्ने दुबै देशका जनताको साझा लक्ष्यका निम्ति भारत र नेपालबीचको सुदृढ पारस्परिक सम्बन्धलाई थप गति दिन प्रधानमन्त्री देउवासँग निकटमा रहेर सहकार्य गर्न आफू प्रतीक्षारत रहेको मोदीले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ७ २०७७०३:३०:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend