काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनका बेला देखिएको सदस्यता विवाद ४ जिल्लामा अन्त्य भएको छ ।
क्रियाशील सदस्यता विवाद अन्त्य गर्दै थप ४ जिल्लामा सहमति जुटेको छ ।
आज शनिवार कैलाली, सुर्खेत, डोल्पा र सर्लाहीको क्रियाशील सदस्यता विवाद टुंगिएको विवाद समाधान कार्यदलका सदस्य योगेन्द्र चौधरीले बताएका छन् । विवादका कारण यी जिल्लामा कांग्रेसको अधिवेशन अनिश्चित भएको थियो ।
अब बाँके जिल्लाको क्रियाशील सदस्यता विवाद समेत आज शनिवारै टुंग्याउन प्रयास जारी रहेको चौधरीले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।