काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोगको एमसीसी सम्झौता पारित गर्न मरिहत्ते गरेका छन् ।
डा. भट्टराईले राष्ट्रिय सहमति कायम गरेर एमसीसी सम्झौता पारित गर्नुपर्ने दोहोर्याएका छन् ।
एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएर भट्टराईलाई भेटेपछि उनले हरेक कार्यक्रममा एमसीसी पारित गर्नुपर्ने बताउँदै आएका छन् ।
बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटेर उनले एमसीसी पारित गराउन वकालत सुरु गरेका छन् ।
डा. भट्टराईले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई पूर्णता दिन र राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गर्नुपर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेर बजेट पारित गर्ने वातावरण मिलाउन आग्रह गर्दै डा. भट्टराईले अहिलेको सत्तारुढ गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।