आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सभामुख र अर्थमन्त्रीको टाउको फुटाउने एमालेको भित्री योजना पर्दाफास !

सभामुख र अर्थमन्त्रीको टाउको फुटाउने एमालेको भित्री योजना पर्दाफास !

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २५ २०७८

  • 5.4K
    SHARES

  • सभामुख र अर्थमन्त्रीको टाउको फुटाउने एमालेको भित्री योजना पर्दाफास !

    काठमाडौं – नेकपा एमालेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा हंगामा गर्‍यो । एमालेका सांसदले रोस्टममै उक्लने प्रयास गरेको देखियो ।

    एमालेका सांसदले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको माइक तानेर रोस्टममा सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा भएतिर फ्याँकेको देखियो । आखिर एमाले सांसदले यसो किन गरे ?

    एमाले सांसद रेखाकुमारी झाले सभामुख र अर्थमन्त्रीको टाउको फुटाउने योजनाअनुसार माइक फ्याँकिएको पर्दाफास गरेकी छन् ।
     
    प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुले उनलाई माइक फालेकोबारे सोध्दा उनले टाउको फुटाउन माइक फ्याँकिएको जानकारी दिइन् । तर उनले फालेको माइकले कसैको टाउको भने फुटेन ।

    शुक्रबारको संसद बैठकमा अस्वाभाविक दृश्य भने देखिएको थियो । एमालेको अवरोधबीच अर्थमन्त्री शर्माले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष ३ २०७७११:५१:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend