काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधि मण्डलले भेटघाट गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा अमेरिकी आर्थिक सहायता एमसीसीले नेपालको आर्थिक रुपान्तरणमा पार्ने प्रभावबारे छलफल भएको प्रधानमन्त्री देउवाले ट्विटरमार्फत जानकारी दिए ।
भेटवार्तामा नेपाल–अमेरिका सहयोग तथा एमसीसीमार्फत् नेपालको आर्थिक रूपान्तरणका विषयमा कुराकानी भएको देउवाले जनाए ।
उपाध्यक्ष सुमारले यसअघि बिहीवार र शुक्रवार काठमाडौंमा राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गरेकी छन् ।
एमसीसी सम्झौता पारित गराउन पहलका लागि सुमार नेतृत्वको अमेरिकी टोली काठमाडौं आएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।