शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देशैभर कांग्रेसको पालिका अधिवेशन सार्ने निर्णय, पढ्नुहोस् नयाँ कार्यतालिका

देशैभर कांग्रेसको पालिका अधिवेशन सार्ने निर्णय, पढ्नुहोस् नयाँ कार्यतालिका

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २५ २०७८

  • 8.5K
    SHARES

  • देशैभर कांग्रेसको पालिका अधिवेशन सार्ने निर्णय, पढ्नुहोस् नयाँ कार्यतालिका

    काठमाडौं – नेपाली कांग्रेसले देशैभर पालिका लगायत तल्ला कार्यसमितिका अधिवेशन सार्ने निर्णय गरेको छ ।

    नेपाली कांग्रेस निर्वाचन समितिको बैठकले अधिवेशनको कार्यतालिका संशोधन गरेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बताएका छन् ।

    संशोधित कार्यतालिकाअनुसार अधिवेशन हुन बाँकी २० जिल्लाका वडा अधिवेशन असोज ५ गतेसम्म हुनेछन् । 

    पालिकाको अधिवेशन भदौ २३ गते गर्ने भनिएकोमा सबै जिल्लाको एकैचोटी गर्ने भनिएकाले देशैभरका आगामी असोज ९ गतेसम्मलाई सारिएको छ ।

    प्रदेश निर्वाचन क्षेत्र अधिवेशन असोज १२ गते गर्ने, एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते गर्ने, एकभन्दा बढी क्षेत्र भएको जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन गरिने जनाइएको छ ।

    प्रदेश अधिवेशन कात्तिक ५ गतेदेखि र केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म यथावत रहेको छ ।

    यस्तो छ नयाँ कार्यतालिका –

    nck.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend