काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा भएको वडा अधिवेशनमा स्याङ्जा जिल्लाको चापाकोट वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधि सर्वसम्मत निर्वाचित अमृत वोस्तीले कांग्रेसको चुनाव चिह्न रुख वितरण अभियान थालेका छन् ।
क्षेत्रीय प्रतिनिधि वोस्तीले समृद्ध नेपाल, हरियाली नेपाल अभियान स्याङ्जाको गल्याङबाट विभिन्न खालका फलफूलका बिरुवा वितरण गर्दै शुभारम्भ गरेका छन् ।
वोस्तीले कांग्रेसको चुनाव चिह्न रुख भएकाले रुखका बिरुवा वितरण गरेको बताए ।
‘युवावस्था मानव जातिको उर्जाशील समय हो । वर्तमान समयमा युवाहरूको अतुलनीय योगदानले मानव सभ्यता र संस्कृति आजको अवस्थामा आइपुगेको छ । युवाहरूको महत्त्वलाई बुझ्न सक्ने समाज र राष्ट्रहरू नै सम्पूर्ण मानवजातिको विकास र प्रगतिमा अग्रस्थानमा रहेका छन्,’ उनले भने, ‘संसारको युगान्तकारी परिवर्तन र विकास युवाको नेतृत्वमा सम्भव हुँदै आएका छन् ।’
व्यक्ति, समाज, राष्ट्र र सम्पूर्ण मानव जातिकै उन्नति र प्रगतिका निम्ति युवाको भूमिका महत्त्वपूर्ण हुने उनले बताए । सानै उमेरदेखि राजनीति र समाज सेवामा लागेका वोस्ती भूकम्पदेखि सिन्धुपाल्चोकको बाढीसम्म राहात लिएर पुगेका छन् ।
स्थानीय जनता र क्षेत्रीय प्रतिनिधिको धेरै दबाब प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवार हुने रहेको र नेतागणहरूको सल्लाहमा अगाडि बढ्ने उनले बताए ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।