शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवाले बोलाएको गठबन्धनको बैठकमा किन गएनन् माधव नेपाल र उपेन्द्र यादव ?

देउवाले बोलाएको गठबन्धनको बैठकमा किन गएनन् माधव नेपाल र उपेन्द्र यादव ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र २४ २०७८

  • 5.2K
    SHARES

  • देउवाले बोलाएको गठबन्धनको बैठकमा किन गएनन् माधव नेपाल र उपेन्द्र यादव ?

    काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बालुवाटारमा तय भएको बैठक भोलि शुक्रवार बिहानका लागि स्थगित भएको छ ।

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी, पछिल्ला राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बोलाएको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरू अनुपस्थित भएपछि बैठक शुक्रवारसम्मका लागि सरेको छ ।

    गठबन्धनको बैठकमा सामान्य छलफल भए पनि सबै नेताहरू नआएका कारण शुक्रवार बिहान बस्ने गरी गठबन्धनको बैठक स्थगन भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

    पछिल्लो समय एमसीसीका कारण गठबन्धनमा खटपट देखिन थालेको छ । पार्टीभित्रको गुटबन्दी र मन्त्रीको टुंगो लाग्न नसक्दा सरकार विस्तार समेत हुन सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend