आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमसीसी उपाध्यक्ष सुमार काठमाडौं आएपछि सुरक्षा व्यवस्था कडा

एमसीसी उपाध्यक्ष सुमार काठमाडौं आएपछि सुरक्षा व्यवस्था कडा

  • मिडिया डबली
  • बिहिवार, भाद्र २४ २०७८

  • 5.1K
    SHARES

  • एमसीसी उपाध्यक्ष सुमार काठमाडौं आएपछि सुरक्षा व्यवस्था कडा
    सांकेतिक फोटो

    काठमाडौं – अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजनाकी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स आज बिहीबार बिहान नेपाल पुगेका छन् ।

    बिहान सवा ९ बजे सुमार र ब्रुक्स कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।

    त्रिभुवन विमानस्थलमा अमेरिकी दूतावास र एमसीसी नेपाल कार्यालयका अधिकारीले स्वागत गरेका छन् । उनीहरूको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा अत्यन्तै कडा पारिएको थियो ।

    विमानस्थलमा सुरक्षाकर्मीले फोटो खिच्न समेत दिएनन् । सुमार नेतृत्वको एमसीसी टोलीले बिहीबारै प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थमन्त्री जनार्दन शर्मा लगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।

    सुमारको भ्रमणका क्रममा राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा एमसीसीको विरोध समेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ३ २०७८०७:०७:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend