काठमाडौं - नेपाली कांग्रेस नेतृत्वको सरकारले अमेरिकाले दिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई ल्याएर नेपालमा विकास गर्न खोजेका बेला चीनका समर्थकहरूले विरोध गरेका छन् ।
नेपालमा एमसीसी आउँदा चीनलाई सबैभन्दा ठूलो टाउको दुःखाइ भएको छ । एमसीसीको विरोध गर्न चिनियाँ दलालहरूले सामाजिक सञ्जालमा फेक आईडीहरू बनाएर विरोध गरिरहेका छन् । उनीहरूले सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्तिहरू दिएका छन् ।
नेपालमा चीनको लगानी भित्रिएर नेपालको स्रोत साधनलाई कब्जा गर्न चीन लागेपछि नेपालमा चिनियाँ हस्तक्षेप रोक्न अमेरिकाले एमसीसीमार्फत नेपालको विकास गर्न लागेको हो ।
नेपालको विकास गर्न नदिन चीनले भाडाका दलालहरू प्रयोग गरेर एमसीसीको विरोध गरेको छ । एमसीसीको विरोध गर्नेहरू अधिकांश चीनसँग निकट रहेकाहरू छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभन्दा अगाडि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।
ओलीले एमसीसी पास गराउन ठूलो प्रयास गरेका थिए । ओलीले एमसीसीलाई संसदबाट पारित गराउन सकेका थिएनन् । देउवाले दलहरूलाई सहमतिमा ल्याएर एमसीसी पारित गराउन अन्तिम चरणमा रहेका बेला चीनका भाडाका दलालहरूले एमसीसीको विरोधमा विभिन्न फण्डाहरू गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।