काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवा पुस्ताले सशक्त हस्तक्षेप गर्ने देखिएको छ । जसकारण विभिन्न जिल्लामा भएका वडा तहका निर्वाचनमा सभापति तथा उपसभापतिमा युवा निर्वाचित हुने क्रम बढेको छ।
दैलेख दुल्लु–३ मा स्वस्तिमा महत १९ वर्षमै वडा सभापति भएर चर्चामा छिन् । उनको अहिले सर्वत्र कांग्रेसको प्रशंसा भइरहेको छ ।
यसैक्रममा सल्यानका १८ वर्षका एक युवक वडा उपसभापतिमा निर्वाचित भएका छन् । कांग्रेस बनगाड कुपिन्डे नगरपालिका–७ वडा समितिको उपसभापतिमा सुसन केसी निर्वाचित भएका छन् ।
उनी कर्णालीकै सबैभन्दा कान्छो वडा उपसभापति भएको बताइन्छ । उनी नेविसंघबाट राजनीति गर्दै पार्टी राजनीतिमा आएका हुन् ।
कांग्रेसमा साढे तीन लाख क्रियाशील सदस्य युवा पुस्ताका छन् । जसले गर्दा वडा तहका अधिवेशनमा युवाको हस्तक्षेप देखिएको हो । क्षेत्रीय प्रतिनिधि पनि अधिकांश युवा नै गएकाले महाधिवेशन प्रतिनिधि पनि युवा नै धेरै आउने संकेत देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।