काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले होटलमा पुगेर नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीलाई भेटेका छन् ।
अमेरिकी सहयोगको परियोजना एमसीसीका पक्षमा रहेका बाबुरामले माहोल बनाउन राजदूत बेरीलाई भेटेका स्रोतले जनाएको छ ।
एमसीसी उपाध्यक्ष फातिमा सुमर नेपाल आउने तयारीमा रहेका बेला एमसीसीका पक्षमा समर्थन जुटाउने अभियानअन्तर्गत भट्टराई र बेरीबीच भेटवार्ता भएको छ ।
गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसीसी हालसम्म पारित हुन सकेको छैन । परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै जनस्तरमा विरोध हुँदै आएको छ ।
अमेरिकाले ५ वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने जनाएको छ तर परियोजना सम्झौताका बुँदा देश हितमा नरहेको भन्दै विरोध प्रदर्शन हुँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।