सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
नेकपा बिबाद

पार्टी फुटेपछि पहिलोपटक आज ओली र माधव नेपालबीच आमने–सामने

पार्टी फुटेपछि पहिलोपटक आज ओली र माधव नेपालबीच आमने–सामने

  • मिडिया डबली
  • बुधवार, भाद्र २३ २०७८

  • 8.5K
    SHARES

  • पार्टी फुटेपछि पहिलोपटक आज ओली र माधव नेपालबीच आमने–सामने

    काठमाडौं - एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठन भएपछि आज पहिलोपटक संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो ।

    बुधबार ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

    एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदै छ । एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।

    एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रूपमा उदाएको छ । सो पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा आठजना सांसद छन् ।

    वामदेव गौतम पनि एकीकृत समाजवादी प्रवेश गरेमा नौजना पुग्नेछन् । एमाले विभाजन भएपछि आज संसद् बैठकमा केपी ओली र माधवकुमार नेपाल पहिलोपटक आमने–सामने हुँदैछन् ।

    एकीकृत समाजवादी सत्ता पक्षमा र एमाले प्रतिपक्षी भूमिकामा रहने देखिएको छ । एमाले फुटेपछि अब संसद् बैठकमा दुवै दलका नेताहरू कस्तो भूमिकामा प्रस्तुत हुन्छन् भन्ने कौतूहल सुरु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend