शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवाको षड्यन्त्रविरुद्ध देशव्यापी आन्दोलन चर्काउने विप्लवको घोषणा

देउवाको षड्यन्त्रविरुद्ध देशव्यापी आन्दोलन चर्काउने विप्लवको घोषणा

  • मिडिया डबली
  • मंगलवार, भाद्र २२ २०७८

  • 3.8K
    SHARES

  • देउवाको षड्यन्त्रविरुद्ध देशव्यापी आन्दोलन चर्काउने विप्लवको घोषणा

    काठमाडौं – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ ।

    महासचिव विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोगको परियोजना एमसीसीको विरोधमा देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

    पार्टीले भदौ २८ गते काठमाडौंमा बृहत् जनसभासहित साताव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ । 

    भदौ २३ गते बुधवार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एमसीसी सम्झौता जलाउने कार्यक्रम रहेको नेकपाले जनाएको छ । 

    नेकपाको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौताविरुद्ध मंगलबार अपराह्न काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

    यस्ता छन् आन्दोलनका कार्यक्रम –

    भदौ २३ गते बुधबार – देशव्यापी कोणसभा
    भदौ २५ गते – देशव्यापी विरोध प्रदर्शन
    भदौ २६ गते – राष्ट्रघाती एमसीसी सम्झौता जलाउने

    भदौ २७ गते – सिँटी जुलुस गर्ने र एमसीसीविरुद्ध बेलुन उडाउने
    भदौ २८ गते – विरोध प्रदर्शनसहित काठमाडौंमा जनसभा ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend