शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • मिडिया डबली
  • मंगलवार, भाद्र २२ २०७८

  • 3.5K
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

    काठमाडौं - नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

    भोलि २३ भदौमा बोलाइएको संघीय संसद् अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दल बैठक बस्न लागेको हो ।

    बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

    केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट, अध्यादेश, एमसिसीलगायतका विषयमा रणनीति बनाउन बैठक बोलाएको हो । बैठकमा कांग्रेसबाट मन्त्री हुनेहरूका बारेमा पनि छलफल हुने जनाइएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले ५७औं दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीको सचिवालयलाई पूर्णता दिन नसकिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend