काठमाडौं - पाल्पालाई कम्युनिस्ट किल्लाका रूपमा लिइन्छ । यो जिल्लाबाट पछिल्लो समय कांग्रेसले सफलता पाउन सकेको छैन ।
जिल्लाका अधिकांश स्थानीय तहमा एमालेको पकड छ । तर, यस्तो अवस्थामा पाल्पामा एक युवा नेताको उदय भएको छ । उनी हुन् २८ वर्षीय प्रकाश ज्ञवाली ।
ज्ञवाली अहिले रामपुर नगरपालिकाका तरुण दलका सहसचिवसमेत छन् । तरुण दलको राजनीति गर्दा नै उनले मातृ पार्टी कांग्रेसमा आफूलाई स्थापित गरिसकेका छन् । यो उमेरमै कांग्रेसको संगठन विस्तार गरेको देखेपछि जिल्लामा उनको सिनियर नेताहरूले समेत प्रशंसा गर्न थालेका छन् ।
उनै प्रकाश अहिले कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका छन् । त्यो पनि सर्वसम्मत रूपमा । ज्ञवाली पाल्पाको रामपुर नगरपालिका–३ को वडा सभापति निर्वाचित भएका छन् ।
उनको यो सफलतासँगै पाल्पामै युवा पुस्ताको उदय भएको भन्दै कांग्रेस नेता कार्यकर्तामा उत्साह छाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।