शिव चौलागाईं
मकवानपुर, २१ भदौ - मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको अधिवेशन आज सोमबार सकिएको हो ।
पार्टी प्रवक्ता प्रदीप कोइरालाकाअनुसार कांग्रेसले ८९ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित गरेको छ भने १३ वटा वडामा चुनाव भएको छ ।
वडा अधिवेशनबाट वडा सभापति, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना, कोषाध्यक्ष र सदस्यहरु चयन भएका छन् । समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ ।
पार्टी प्रवक्ता कोइरालाकाअनुसार विभिन्न जातजाति, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्लिमलगायतको प्रतिनिधि निर्वाचित गरेको छ । अधिवेशनले बुथ प्रतिनिधि अर्थात वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिसकेको छ ।
मकवानपुरका विभिन्न गाउँपालिका र नगरपालिकाका वडाहरुमा आवश्यकताका आधारमा वडासमिति र बुथ प्रतिनिधिसमेत गरी कम्तीमा १६ देखि ५० जना चयन गरेको छ ।
कांग्रेसले देशैभर वडा तहको अधिवेशन १८-२३ भदौभित्रमा गर्न निर्देशन दिएबमोजिम मकवानपुरमा आइतबारका लागि तोकिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।