काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवा पुस्ताले सशक्त हस्तक्षेप गर्ने देखिएको छ ।
विभिन्न जिल्लामा भएका वडा तहका निर्वाचनमा सभापतिहरू युवा निर्वाचित हुने क्रम बढेको छ ।
दैलेख दुल्लु–३ मा स्वस्तिमा महत १९ वर्षमै वडा सभापति भएर चर्चामा छिन् । जसलाई लिएर अहिले सर्वत्र कांग्रेसको प्रशंसा भइरहेको छ ।
यसैक्रममा झापामा २२ वर्षका एक युवक वडा सचिवमा निर्वाचित भएका छन् । नेपाली कांग्रेस गौरादह नगरपालिका–३ वडा समितिको सचिवमा धनार्जन चौहान निर्वाचित भएका छन् ।
उनी प्रदेश १ कै सबैभन्दा कान्छो वडा सचिव भएको बताइन्छ । उनी नेविसंघबाट राजनीति गर्दै पार्टी राजनीतिमा आएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।