शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसमा देशभर दलित प्रतिनिधित्व अनिवार्य गर्ने निर्णय

कांग्रेसमा देशभर दलित प्रतिनिधित्व अनिवार्य गर्ने निर्णय

  • मिडिया डबली
  • बिहिवार, भाद्र १७ २०७८

  • 7.3K
    SHARES

  • कांग्रेसमा देशभर दलित प्रतिनिधित्व अनिवार्य गर्ने निर्णय

    काठमाडौं – १४औं महाधिवेशनको मुखैमा नेपाली कांग्रेसले वडा अधिवेशनबाट दलित प्रतिनिधित्व अनिवार्य गर्ने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम अधिकारप्राप्त सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था संशोधन गर्दै दलित लगायतको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरेका छन् ।

    यसअघि दलितको प्रतिनिधित्व अनिवार्य नभएकोप्रति कांग्रेस नेता मीनबहादुर विश्वकर्माले असन्तुष्टि जनाएका थिए । निर्वाचन समितिका संयोजकको परामर्शमा नेताद्वयले प्रतिनिधित्वको अनुसूची संशोधन गरिएका छन् ।

    नेताद्वयको निर्णयमा उल्लेख छ, ‘महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्ग भएका व्यक्तिमध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार माथि उल्लेखित कुनै पनि समूहको पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो वडामा सो समूहबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एक जना कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने ।’

    यस्तो छ निर्णय –

    undefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend