शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

पौडेल पक्ष सभापतिको उम्मेदवार घोषणा गर्ने तयारीमा, को को छन् आकांक्षी ?

पौडेल पक्ष सभापतिको उम्मेदवार घोषणा गर्ने तयारीमा, को को छन् आकांक्षी ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र १७ २०७८

  • 6.2K
    SHARES

  • पौडेल पक्ष सभापतिको उम्मेदवार घोषणा गर्ने तयारीमा, को को छन् आकांक्षी ?

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुनै लाग्दा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । अहिलेसम्म दुईजनाले सभापति र एकजनाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    कांग्रेस महाधिवेशन शुक्रबार (१८ भदौ) बाट सुरु हुँदैछ । भदौभित्रै वडा र स्थानीय तहको अधिवेशन सक्ने गरी कांग्रेसले फेरि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी भइरहेका बेला धमाधम उम्मेदवारी घोषणा हुन थालेको हो ।

    पार्टीका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेर सभापतिमा लड्ने भन्दै उम्मेद्वारी घोषणा गरिसकेका छन्। केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले बुधवार पत्रकार सम्मेलन गरी सभापतिमा लड्ने घोषणा गरे।

    उनी आजदेखि जिल्ला दौडाहामा हिँडेका छन् । नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्न दबाब दिनकै लागि आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको गुरुङ बताउँछन् ।

    कांग्रेस युवा नेता गगन थापाले फेरि एकपटक महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए ।

    सभापति शेरबहादुर देउवा पुनः दोहोरिने चर्चा चलेको छ । तर, उनले कतै पनि सभापतिमा उठ्ने औपचारिक घोषणा गरेका छैनन् । देउवा खेमाबाटै निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    नेता गोपालमान श्रेष्ठले पनि उम्मेदवारी दिने बताउँदै आएका छन् । यही क्रममा संस्थापनइतर समूहले आज सभापतिको उम्मेदवार घोषणा गर्ने भएको छ ।

    पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सभापतिको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । संस्थापनइतर समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी सभापतिका आकांक्षी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend