शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

भोलिदेखि कांग्रेस महाधिवेशनको महोत्सव ! सदस्यता सार्वजनिक नभएका जिल्लामा के हुन्छ ?

भोलिदेखि कांग्रेस महाधिवेशनको महोत्सव ! सदस्यता सार्वजनिक नभएका जिल्लामा के हुन्छ ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र १७ २०७८

  • 4.8K
    SHARES

  • भोलिदेखि कांग्रेस महाधिवेशनको महोत्सव ! सदस्यता सार्वजनिक नभएका जिल्लामा के हुन्छ ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रवारदेखि सुरू हुँदैछ । 

    कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलि शुक्रवारबाट वडा अधिवेशन सुरू हुने भएका छन् ।

    तर सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति जिल्लाअनुसार नै फरक–फरक हुने भएको छ । अर्थात् १८–२३ भदौसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गर्नेछ ।

    कांग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरिसकेको छ ।

    सोहीअनुसार निर्वाचन अधिकृत तोकिएका जिल्लामा अधिवेशन शुक्रवारबाट सुरू हुने भएको छ । यसअघि केन्द्रीय कार्यसमिति बैठकले तोकेको कार्यतालिका अनुसार भने १८ भदौमा नै वडा अधिवेशन हुने उल्लेख गरिएको छ । यद्यपि केही जिल्लाका सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि १–२ दिन हेरफेर हुने भएको छ ।

    जिल्लामा हुने निर्वाचन मिति प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने गरी कांग्रेस केन्द्रले अधिकार प्रत्यायोजन गरेको छ । कांग्रेस नेता मीनबहादुर विश्वकर्माले १८ गतेबाट सुरू गरेर २३ भदौसम्मममा वडा अधिवेशन सक्न र २७ भदौबाट सुरू हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको जानकारी दिएका छन् ।

    ‘१८ गतेबाट सुरू गरेर २३ गतेसम्मममा वडा अधिवेशन सक्न र २७ गतेबाट सुरू हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको छ,’ उनले भने, ‘सदस्यता टुंगिएर विवरण पुगेका जिल्लामा शुक्रवारबाटै धमाधम अधिवेशन हुन्छ ।’

    कांग्रेसले २१ जिल्लाको क्रियाशील सदस्यता नामावली भने केही प्राविधिक विषय मिलाउनुपर्ने भएकाले सार्वजनिक गरिसकेको छैन । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले आगामी १८ भदौअघि नै बाँकी जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिने जानकारी दिए ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम मंगलबार सुनसरी, मकवानपुर र बागलुङ जिल्लाको क्रियाशील सदस्यको नामावली पार्टी वेबसाइटमा प्रकाशित गरेको थियो । ती नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समिति संयोजक यादवले बताए ।

    यसअघि कांग्रेसले १० भदौमा ३८ जिल्ला, ११ भदौमा १० जिल्ला र १२ गते ५ जिल्लाको क्रियाशील नामावली प्रकाशित गरेको थियो ।

    निर्धारित कार्यतालिकाअनुसार कांग्रेस वडा अधिवेशन १८ भदौ, गाउँ, नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने भएको छ ।

    १ भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिक देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने जनाइएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend