शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

इलाममा कांग्रेसको चारतारे झण्डा फैलाउने दौडमा डम्बर खड्का अगाडि 

इलाममा कांग्रेसको चारतारे झण्डा फैलाउने दौडमा डम्बर खड्का अगाडि 

  • मिडिया डबली
  • बुधवार, भाद्र १६ २०७८

  • 6.0K
    SHARES

  • इलाममा कांग्रेसको चारतारे झण्डा फैलाउने दौडमा डम्बर खड्का अगाडि 

    इलाम – इलाम जिल्लामा समाज सेवाबाट लोकप्रिय भएका नेपाली कांग्रेसका युवा नेता डम्बर खड्का आसन्न १४औं महाधिवेशनमा चारतारे झण्डा फैलाउन जिल्ला सभापतिका रूपमा बलियो भएर अगाडि सर्ने भएका छन् ।

    दीनदुःखीका लागि विभिन्न उपकारी काम गरेर आमकांग्रेस, युवादेखि वृद्धवृद्धामाझ लोकप्रिय नेता खड्कालाई सभापतिको बलियो उम्मेदवार मानिएको छ ।

    इलामेली जनताका लागि विश्वासिला, बोलेको कुरा पूरा गरेर छाड्ने र स्पष्ट धारणा राख्ने सामाजिक भावनाका कुसल क्षमता प्रदर्शन गरिरहेका खड्का सबैको साथ र सहयोगमा सभापतिमा विजयी बन्नेमा ढुक्क देखिएका छन् ।

    ‘कांग्रेसभित्र एउटा इतिहास रच्नु छ । त्यो इतिहास क्षमता भएका, जनताले पत्याएका र काम गरेर देखाउनसक्ने व्यक्तिबाट सुरू गर्नुपर्छ तर कसैको कोट समातेर र कसैको गुटको झोला बाकेर होइन, कम्युनिस्टको दलदलमा फसेको कांग्रेस उठाउन साथै बचाउन बौद्धिकताको हतियार उठाउन जरुरी छ । त्यसैले कम्युनिस्टको किल्ला भनेर परिचित इलामलाई कांग्रेसको किल्ला बनाउन मेरो उम्मेदवारी हो,’ उनले भनेका छन्, ‘गाउँगाउँमा सगठन गर्ने क्रममा युवादेखि वृद्धवृद्धासम्मका कांग्रेसीहरुको माग अनुसार मैले उम्मेदवारी दिएको हुँ ।’

    कांग्रेसलाई परीक्षण भइसकेका र असफलको हातबाट खुस्काएर इलाममा कांग्रेसलाई १ नम्बर शक्ति बनाएरै छाड्ने खड्काले प्रतिबद्धता जनाएका छन् ।

    हालसम्म कमाएको रकम ५०% पार्टीको लागि खर्चिरहेको बताउँदै नेता खड्काले सभापति बन्ने बित्तिकै पहिले जिल्ला र प्रत्येक पालिकामा आफ्नै पार्टी भवन निर्माण गर्ने बताए । पार्टीलाइ प्रविधिमैत्री बनाउन, चुनावमा गुट नहेरी सक्षम र लोकप्रिय व्यक्तिलाई सर्वसम्मत ढंगबाट टिकट वितरण गर्न, पार्टीका निष्ठावान र इमान्दार कार्यकर्तालाई विशेष ठाउँ दिन, जिल्लाभर पार्टी चलायमान बनाउन आफ्नो उम्मेदवारी रहने खड्काले बताएका छन् ।

    कांग्रेस पार्टीमा विधि र पद्दति बसाउन र जिल्लाभर पहिलो पुस्तालाई सम्मान र उचित ठाउँ दिँदै युवा पुस्तालाई कांग्रेसप्रति जिम्मेवार बनाएर लैजाने योजना रहेको समेत उनले बताए । गुटहरुलाई निस्तेज गरी सभ्य र भव्य पार्टी निर्माण गर्ने अठोट रहेको समेत उनले बताए ।

    ‘मेरो नेतृत्वमा भएका राष्ट्रिय चुनावमा कांग्रेसले अहिलेको जस्तै हार व्यहोरे तत्काल राजीनामा दिएर मार्गप्रसस्त गर्ने समेत उनले बताए ।

    कोरोना महामारीको सुरुआती समयदेखि निरन्तर जनताको घरदैलोमा स्वास्थ्य सामग्रीसहित गरीबका घरघरमा पुगेर व्यक्तिगत लगानीबाट लाखौं मूल्य बराबरको राहत वितरण गरेर हरेक इलामेलीको सेवा गर्ने मौका पाएकाले सभापति बनेपछि अझ शसक्त कार्यक्रमसहित अघि बढ्ने घोषणा उनले गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend