शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसका यी ३ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक

कांग्रेसका यी ३ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक

  • मिडिया डबली
  • बुधवार, भाद्र १६ २०७८

  • 4.5K
    SHARES

  • कांग्रेसका यी ३ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक

    काठमाडौं – १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसले थप ३ जिल्लाको क्रियाशील सदस्यता नामावलीको विवरण सार्वजनिक गरेको छ ।

    कांग्रेसले बागलुङ, सुनसरी र मकवानपुरको क्रियाशील सदस्यताको विवरण मंगलवार पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

    केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार क्रियाशील सदस्यता सार्वजनिक भएका जिल्लामा निर्वाचन अधिकृत समेत पठाइसकिएको छ ।

    नेपाली कांग्रेसले भदौ १८ गतेमा देशैभर वडा अधिवेशन गर्ने जनाएको छ । विवादित ठाउँ देखियो र भदौ १८ गतेमै अधिवेशन हुन सकेन भने अर्को मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको छ ।

    कांग्रेसले ७७ मध्ये ५६ जिल्लाको मात्रै क्रियाशीलको विवरण सार्वजनिक गरेको छ । बाँकी जिल्लामा छिट्टै क्रियाशील विवरण सार्वजनिक गरिने कांग्रेसका नेताहरुले जनाएका छन् ।

    कांग्रेसले १४औं महाधिवेशनका लागि ९ लाख क्रियाशील सदस्य बनाएको छ । कांग्रेसको महाधिवेशन मंसिर ९–१३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend