शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

यी ४८ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक (नामसहित)

यी ४८ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक (नामसहित)

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ११ २०७८

  • 10.1K
    SHARES

  • यी ४८ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक (नामसहित)

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले वडा अधिवेशनको पूर्व सन्ध्यामा ४८ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

    कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको छ ।

    भदौ १८ गतेमा निर्धारित वडा अधिवेशनका लागि बिहीवार ३८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको निर्वाचन समितिले शुक्रवार थप १० जिल्लाको नामावली सार्वजनिक गरेको छ ।

    पार्टी निर्वाचन समिति संयोजक महादेव यादवले सदस्यता सूची सार्वजनिक भएका जिल्लामा निर्वाचन अधिकृतलाई खटाएका छन् ।

    निर्वाचन समितिले शुक्रवार धनकुटा, भोजपुर, दाङ, सल्यान, गुल्मी, प्युठान, जाजरकोट, दैलेख, कालीकोट र अछाम जिल्लाको क्रियाशील सदस्यता विवरण पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ ।

    बिहीवार निर्वाचन समितिले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ,  सोलुखुम्बु,  ओखलढुंगा, उदयपुर, झापा, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको सदस्यता विवरण सार्वजनिक गरेको थियो ।

    यस्तै नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला, बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको सदस्यता विवरण पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी मुख्यालय सानेपामा ३ दिनदेखि रिले अनसनमा रहेका छन् । कांग्रेस महाधिवेशन मंसिर ९–१३ गतेसम्म काठमाडौंमा गर्ने गरी तोकिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend