आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको पार्टीले पहिलो बैठकबाटै गर्‍यो देउवा सरकारबारे यस्तो निर्णय

माधव नेपालको पार्टीले पहिलो बैठकबाटै गर्‍यो देउवा सरकारबारे यस्तो निर्णय

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ११ २०७८

  • 5.7K
    SHARES

  • माधव नेपालको पार्टीले पहिलो बैठकबाटै गर्‍यो देउवा सरकारबारे यस्तो निर्णय

    काठमाडौं – अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरेको छ ।

    पार्टी निर्माण भएलगत्तै सरकारमा जाने घोषणा गरेको पार्टीले पहिलोपटक स्थायी कमिटीबाट निर्णय गरेको छ ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षले एमालेमा हुँदा नै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो । अध्यक्ष नेपालले आफ्नो नेतृत्वमा पार्टी निर्माण गरेपछि सरकारमा जाने आधिकारिक निर्णय गरेको छ ।

    अध्यक्ष नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाल रहेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको छ ।

    नयाँदिल्लीमा उपचाररत वरिष्ठ नेता खनाल जुममार्फत् बैठकमा सहभागी भएका छन् ।

    एकीकृत समाजवादीले सरकारमा ७ जना मन्त्री दाबी गरेको भएपनि भागबण्डामा ६ मन्त्री मात्रै पाउने स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:४९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend