आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

के पूर्व माओवादी नेताहरू २ जेठ ०७५ मै एमालेका स्थायी कमिटी सदस्य थिए ?

के पूर्व माओवादी नेताहरू २ जेठ ०७५ मै एमालेका स्थायी कमिटी सदस्य थिए ?

  • मिडिया डबली
  • बुधवार, भाद्र ९ २०७८

  • 3.8K
    SHARES

  • के पूर्व माओवादी नेताहरू २ जेठ ०७५ मै एमालेका स्थायी कमिटी सदस्य थिए ?
    फाइल तस्वीर

    काठमाडौं - माधवकुमार नेपाललाई अन्तिम समयमा धोका दिएर केपी ओलीको फेर समाउन पुगेका नौ जना स्थायी कमिटी सदस्य अहिले चौतर्फी आलोचनाको सिकार बनेका छन् ।

    माधव, झलनाथ खनाललाई उक्साएर अन्तिममा उनीहरूलाई पार्टीबाट निकालेको दोष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, अमृतकुमार बोहरा, गोकर्ण विष्ट, योगेश भट्टराई, युवराज ज्ञवालीमाथि लागेको छ ।

    २ जेठ ०७५ कै अवस्थामा फर्कन एमाले अध्यक्ष केपी ओली सहमत भएकाले आफूहरू पार्टीमै रहेको उनीहरूको दलील छ ।

    जबकि त्यसबेला एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा थिए । मंगलबारको बैठकमा पूर्वमाओवादी नेताहरू रामबहादुर थापा बादल, लेखराज भट्ट, टोबहादुर रायमाझी, मणि थापा पनि उपस्थित थिए । यदि २ जेठ ०७५ कै अवस्थामा एमाले फर्केको भए पूर्वमाओवादी नेताहरू कुन हैसियतमा स्थायी कमिटी बैठकमा उपस्थित भए भन्ने कसैले भन्न सकेको छैन ।

    स्थायी कमिटी बैठकपछि सामूहिक तस्बिर खिचाउँदा तेस्रो धारका नौ नेताको अनुहार हेर्नलायक थियो । ओली निकट नेताहरू हँसिलो मुद्रामा थिए । पूर्वमाओवादीका चार नेता पनि खुसी नै देखिन्थे । तर, माधव नेपाललाई धोका दिएर ओलीलाई साथ दिन पुगेका नेताहरू सबैको अनुहार कालोनीलो थियो । 

    ओलीले कथित तेस्रो धारका नेताहरूलाई पहिलो दिन नै लोप्पा खुवाइदिएका छन् । पूर्वमाओवादी नेताहरूलाई स्थायी कमिटी बैठकमा सहभागी गराएर भीम रावलसहितका नौ नेताको शेखी झारिसकेका छन् । यसले आगामी दिनमा कथित तेस्रो धारका नेताहरूको बिजोग हुने संकेत देखिइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०८:३३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend