आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीमा कृष्ण महरालाई ठूलो जिम्मेवारी, नारायणकाजी श्रेष्ठ ‘आउट’

माओवादीमा कृष्ण महरालाई ठूलो जिम्मेवारी, नारायणकाजी श्रेष्ठ ‘आउट’

  • मिडिया डबली
  • बुधवार, भाद्र ९ २०७८

  • 5.9K
    SHARES

  • माओवादीमा कृष्ण महरालाई ठूलो जिम्मेवारी, नारायणकाजी श्रेष्ठ ‘आउट’

    काठमाडौं – नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गर्दै कृष्णबहादुर महरालाई महत्त्वपूर्ण मानिने पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ ।

    यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई ‘आउट’ गरिएको छ । प्रवक्ता श्रेष्ठले नै आफूले प्रवक्ताबाट हट्न चाहेको चर्चा बाहिरिएको थियो ।

    तत्कालीन सभामुखबाट राजीनामा दिएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका नेता महरालाई माओवादीले केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको छ । 

    नेता नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी मिलेको छ ।

    संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् । शर्मा यसअघि कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारीमा थिए ।
     
    पार्टीको राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई नियुक्त गरिएको छ भने प्राध्यापक सम्बद्ध संगठनहरूको ईञ्चार्जमा नारायण शर्मा र केन्द्रीय कार्यालयको इन्चार्जमा वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन ४ २०७७१२:१५:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend