शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसका यी मन्त्रीको कामले युवाहरू खुशी, तलब नै खर्च गरेपछि ...

कांग्रेसका यी मन्त्रीको कामले युवाहरू खुशी, तलब नै खर्च गरेपछि ...

  • मिडिया डबली
  • आइतवार, भाद्र ६ २०७८

  • 3.3K
    SHARES

  • कांग्रेसका यी मन्त्रीको कामले युवाहरू खुशी, तलब नै खर्च गरेपछि ...

    काठमाडौं – सरकार, नेता र मन्त्रीहरूले काम देखाउन नसक्दा युवाहरू राजनीतिप्रति खासै आकर्षित नभएको र रुचि नदेखाएको पाइन्छ । तर गण्डकी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने एक मन्त्रीका कामले युवाहरू खुशी भएका छन् ।

    गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले आफूलाई प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गरेर युवाको मन जितेका छन् ।

    मन्त्री थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिक रकमबाट शनिवार पोखरा महानगरपालिका–३३ भरतपोखरीका युवालाई १५ भलिबल र जाली किनेर हस्तान्तरण गरेका छन् ।

    कार्यक्रममा मन्त्री थापाले सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलब भत्तामा आफूले थपेर सामाजिक सेवासँगै विकास निर्माणमा समेत खर्च गर्दै आएको बताएका छन् ।

    कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका–३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend