काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले फुटाएर नेकपा एमाले (समाजवादी) गठन गरेका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो उपहार दिएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रदेश प्रमुखबाट विष्णु प्रसाईंलाई बर्खास्त गरेर माधव नेपालको सिफारिसमा यादवचन्द्र शर्मालाई नियुक्त गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश प्रमुख प्रसाईंलाई बर्खास्त गर्ने निर्णय गरेको छ । प्रसाईंको बर्खास्तीसँगै बागमती प्रदेश प्रमुखमा शर्मालाई नियुक्त गरिँदैछ ।
बैठकले बागमती प्रदेश प्रमुखमा शर्मालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
नियुक्तिका लागि सिफारिस भएका शर्मा एमाले विभाजन गरेर नेकपा एमाले समाजवादी गठन गरेका अध्यक्ष नेपालनिकट नेता रहेका छन् ।
बागमतीमा नेकपा एमालेको एकल बहुमत भएपनि पार्टी फुटाएर नेपाल पक्षीय सांसदलाई मुख्यमन्त्री बनाउने चर्चा समेत छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।