काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा संस्थापन पक्ष र पौडेल पक्षका नेताहरूबीच मेलमिलाप भएको छ ।
अनुपम फूडल्याण्डमा केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा २१ नेताहरू एकैठाउँमा जुटेका छन् ।
भेलामा संस्थापन पक्षका एनपी साउँद, भिष्मराज आङदाम्बे, महेन्द्र यादव, विश्वप्रकाश शर्मा, सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, सीता गुरुङ सहभागी भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भेलामा केन्द्रीय सदस्यहरु दीपक गिरी, धनराज गुरुङ, रामकृष्ण यादव, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डे, कल्याण गुरुङ, कमला पन्त, रत्ना शेरचन, किरण यादव, सरिता प्रसाईं सहभागी भएका छन् ।
भेलामा तोकिएकै मितिमा सफलतापूर्वक महाधिवेशन गरेर संवैधानिक रुपमा पार्टीलाई जोगाउने, नेतृत्व हस्तान्तरण र युवापुस्तामा नेतृत्वको बहस, सरकार र राष्ट्रिय राजनीतिमा कांग्रेको सान्दर्भिकता लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।