शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसमा क्रियाशील सदस्यको अधिकार कटौती !

कांग्रेसमा क्रियाशील सदस्यको अधिकार कटौती !

  • मिडिया डबली
  • सोमवार, श्रावण ३२ २०७८

  • 6.4K
    SHARES

  • कांग्रेसमा क्रियाशील सदस्यको अधिकार कटौती !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुने गरी विधान संशोधन गरेको छ । 

    कांग्रेसको शनिवार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउने गरी विधान संशोधन गरेको छ ।

    यसअघि कांग्रेस विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य पालिका अधिवेशनका सदस्य हुने प्रावधान रहेको थियो ।

    कांग्रेस नेता रमेश लेखकले कोरोना महामारीलाई ध्यान दिँदै अधिवेशनमा भीडभाड नहोस् भनेर यस्तो व्यवस्था सहितको विधान संशोधन गरिएको बताएका छन् ।

    संशोधित विषय मंसिरका लागि तय गरिएको १४औं महाधिवेशनबाट अनुमोदन गराइने लेखकले बताए । ‘विधानको धारा ८(१)(क) र धारा ९(१)(ख) मा उल्लेख गरिएको क्रमशः ‘गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर, उपमहानगर, महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा ‘गाउँपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने’ निर्णय कांग्रेसको शनिबार सम्पन्न बैठकले गरेको छ ।

    विधानअनुसार १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा क्रियाशील सदस्यमध्येबाट कम्तिमा ३ महिलासहित ९ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ ।

    १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ जनाको सीमाभित्र रही प्रति १०० थप क्रियाशील सदस्यमा थप २ महिलासहित ६ जना प्रतिनिधि चयन गर्न पाउने व्यवस्था रहेको छ ।

    कोरोनाको जोखिम नघटेको र विभिन्न जिल्लामा निषेधाज्ञा पनि जारी भएको अवस्थामा थोरै उपस्थित हुने गरी विधानको व्यवस्थामा संशोधन गरिएको कांग्रेसले जानकारी दिएको छ ।

    कांग्रेसले गाउँ, नगर, उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधि मात्रै हुन पाउने गरी विधान संशोधन गरेको छ ।

    यसअघि महासमिति बैठकले बनाएको विधानमा कांग्रेसको क्रियाशील सदस्यता लिएको २ वर्षको सदस्य पालिका सभापतिको उम्मेदवार बन्न पाउने व्यवस्था रहेको थियो । सभापति बाहेकका कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने भएका छन् ।

    ‘गाउँ, नगर, उपमहानगर, महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ,’ कांग्रेसको निर्णयमा उल्लेख छ ।

    अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भन्ने उल्लेख गरिएका पदको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने जनाएको छ ।

    कांग्रेसले शनिवार नै मंसिर ९–१३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । नयाँ कार्यतालिका अनुसार भदौ १८ गतेबाट कांग्रेसको सबैभन्दा तल्लो तह मानिने वडा तहको अधिवेशन सुरू हुनेछ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend