आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मन्त्री बन्न खोज्दै माधव नेपालले बाँधेका सांसदहरूले दाम्लो चुडाल्न थालेपछि ...

मन्त्री बन्न खोज्दै माधव नेपालले बाँधेका सांसदहरूले दाम्लो चुडाल्न थालेपछि ...

  • मिडिया डबली
  • शनिवार, श्रावण ३० २०७८

  • 5.6K
    SHARES

  • मन्त्री बन्न खोज्दै माधव नेपालले बाँधेका सांसदहरूले दाम्लो चुडाल्न थालेपछि ...

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पक्षका संसदहरूले मन्त्री बन्न दाम्लो चुडाउन खोजेको खुलासा गरेका छन् ।

    आज शनिवार काठमाडौंमा आयोजित बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्न हतारिनेलाई केही समय रोकिन भनेको र मानेको बताएका छन् ।

    नेता नेपालले भने, ‘केही साथीहरू हामी जान्छौं भनेर झण्डै दाम्लो चुडाल्न तयार हुनुभयो । दाम्लो चुडाल्नेलाई म के गर्न सक्छु ? आफ्नैलाई त रोक्न सकिएको छैन । तैपनि मैले भनेको कुरालाई मान्नुभएको छ । दाम्लो नचुडाउनुहोला मैले भनिरहेको छु । अहिले अन्तिम कोसिस गर्न दिनुहोस्, मन्त्री ठूलो कुरा होइन, विचार ठूलो कुरा हो, पद ठूलो कुरा होइन, नीति ठूलो कुरा हो ।’

    नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मन परिवर्तन गर्न सकिन्छ कि भनेर साथीहरूले प्रयास गरिरहेको र अन्तिम प्रतिक्षामा रहेको बताएका छन् । नेपालले भने, ‘हामी अझैं पनि अन्तिम प्रतिक्षामा छौं । अझैं पनि कोसिस जारी छ । हाम्रो कोसिस गर्ने कमरेडले सक्नुहुन्छ कि ?’

    देउवा सरकारमा सहभागिता र नियुक्तिबारे पनि नेता नेपालले टिप्पणी गरेका छन् । ओली सरकारले एकलौटी रूपमा गरेका नियुक्तिमा के गर्ने भन्नेबारे छलफल जारी रहे पनि सरकारलाई मन्त्रिपरिषद् विस्तार र नियुक्तिमा नरोकेको बताएका छन् ।

    नेपालले भने, ‘हामीले रोेकेका छैनौं सरकारलाई । हामीले भनेका छौं कि तपाईंहरू सरकार बनाउँदै गर्नुहोस्, मन्त्री बनाउँदै गर्नुहोस् । अहिले हामी पठाउन सक्दैनौं । किनभने हाम्रै टुंगो छैन । किनभने हामी छुट्टै भइदिएको भए फलना–फलनालाई पठाउने भन्ने हुन्थ्यो होला ।’

    नेपालले ओलीमा सुधार आएमा एमाले एकै हुने समेत बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:४९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend