काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रवार पुनः बस्ने गरी सकिएको छ ।
शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक १४ औं महाधिवेशनका विषयमा केन्द्रित हुने भएको छ ।
बिहीबार पहिलो दिनको बैठकमा उपसभापति विमलेन्द्र निधिले पार्टी समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन छलफलका लागि पेश गरेका छन् ।
पहिलो दिनको बैठकमा ५ जना केन्द्रीय सदस्यले बोलेका छन् । बैठकमा १४औं महाधिवेशनको परिमार्जित कार्यतालिका ल्याउनेबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।