शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

समुदायस्तरमै फैलिँदै कोरोना संक्रमण, यी हुन् बढी जोखिम भएका जिल्लाहरू

समुदायस्तरमै फैलिँदै कोरोना संक्रमण, यी हुन् बढी जोखिम भएका जिल्लाहरू

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०७८

  • 5.3K
    SHARES

  • समुदायस्तरमै फैलिँदै कोरोना संक्रमण, यी हुन् बढी जोखिम भएका जिल्लाहरू

    काठमाडौं – कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ ।

    साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २०–२५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर कोरोना संक्रमणदर उच्च रहेको छ । काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा ५०० बढी सक्रिय संक्रमित छन् ।

    जसअन्तर्गत १ नम्बर प्रदेशको मोरङ, सुनसरी, झापा र बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट छन् ।

    गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा, तनहुँ, लुम्बिनी प्रदेशको रूपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा ५०० बढी सक्रिय संक्रमित छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले साउनको हालसम्मको अवस्थालाई हेर्दा प्रत्येक ४ जनाको कोरोना परीक्षण गर्दा १ जनामा संक्रमण देखिने गरेको बताएका छन् ।

    उनले भने, ‘संक्रमणदर बढ्दो क्रममा रहेको छ । अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम र बेलाबेला मिचीमिची साबुनपानीले हात धुनुपर्छ । संक्रमितको संख्या घटाउन मापदण्ड पालनामा हेलचक्र्याइँ गर्नु हुँदैन ।’

    निषेधाज्ञा खुला गर्दा र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणदर बढ्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । सरकारले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

    स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले मास्कको समुचित प्रयोगबाट महामारी नियन्त्रणमा टेवा पुग्ने बताएकी छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना संक्रमणदर बढ्दो क्रममा रहेको भन्दै मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र सरसफाइमा ध्यान दिनुपर्ने बताएका छन् ।

    बुधवार देशभर थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार १० हजार ९०७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६१६ र ५ हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ८८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । बुधवार ३० जना संक्रमितको मृत्यु भएको छ ।

    हाल देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको छ । हाल ७९६ जना आईसीयूमा र १८४ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर ३९९ जना क्वारेन्टाइनमा छन् ।

    हालसम्म २८ लाख ८८ हजार ३६० जनाले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख ८३ हजार ४०३ जनाले भेरोसिल खोपको पूर्ण मात्रा लगाएका छन् ।

    ५ लाख ९७ हजार ८१९ जनाले कोभिसिल्ड र १२ लाख ७ हजार १३८ जनाले जोन्सन एन्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन् । 

    नेपालमा हाल कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप उपयोगमा आएको छ । हालसम्म ४५ लाख ७० हजार ५५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    सरकारले कूल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई कोभिड खोप लगाउने लक्ष्य लिएको छ । जसमध्ये हालसम्म २१.१ प्रतिशतले पहिलो मात्रा र १३.२८ प्रतिशतले दोस्रो मात्रा खोप पाएका छन् ।

    स्वास्थ्य मन्त्रालयले विद्यार्थीलाई खोप उपलब्ध गराउने निर्णय गरेको छ । परीक्षा भइरहेका विश्वविद्यालयका विद्यार्थीले प्रवेशपत्रको आधारमा खोप लगाउन पाउने भएका छन् । यसअघि साउन २५ गते नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी युनियन र अखिल छैठौंले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरूलाई खोप दिने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

    स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले विद्यार्थीहरूलाई प्रवेशपत्रका आधारमा खोपको पहिलो मात्रा उपलब्ध गराउन सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गरिएको बताएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend