काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता, कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमवार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ, पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत कार्यरत थिए ।
मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ, शर्मा यसअघि वित्त आयोगमा रहेका थिए ।
प्रधानमन्त्री कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनाइएका छन् ।
१ नम्बर प्रदेशका प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको छ भने कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सरुवा गरिएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।