आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारमा पार्टीको नेतृत्व गर्न उपेन्द्रलाई रोक्दै बाबुराम पक्ष

सरकारमा पार्टीको नेतृत्व गर्न उपेन्द्रलाई रोक्दै बाबुराम पक्ष

  • मिडिया डबली
  • सोमवार, श्रावण २५ २०७८

  • 3.6K
    SHARES

  • सरकारमा पार्टीको नेतृत्व गर्न उपेन्द्रलाई रोक्दै बाबुराम पक्ष

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनासम्म पनि सरकार विस्तार गर्न नसक्नुको कारण माओवादी केन्द्र र जसपामा मन्त्री बन्ने नेताहरूको तँछाडमछाडले भएको प्रष्ट देखिएको छ ।

    गठबन्धन सरकार भएकाले देउवा आफैंले चाहेर मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्ने कुरै आउँदैन । तर, माओवादी केन्द्र र जसपाले हलो अड्काइदिँदा देउवा असफल बन्ने अवस्था आएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि आफूलाई ४९ जना सांसदले मन्त्री बनाउन दबाब दिएको भन्दै आफू मानसिक तनावमा परेको अभिव्यक्ति दिएका थिए । यसले पनि कतिसम्म दबाब परेको रहेछ भन्ने पुष्टि हुन्छ ।

    सत्तारुढ गठबन्धनकै अर्को दल जसपामा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा पार्टीको नेतृत्व गर्नबाट रोक्न बाबुराम भट्टराई पक्षले भरमग्दुर प्रयास गरिरहेको छ ।

    यसको उदाहरण केही दिनअघि बाबुराम पत्नी हिसिला यमीले दिएको अभिव्यक्तिले प्रस्ट पार्छ । यमीले भनेकी थिइन्– उपेन्द्र यादवले अब प्रधानमन्त्रीको दाबी गर्नुपर्छ । यसले पनि उनलाई मन्त्री बन्न नदिने खेल सुरु भइसकेको बुझिन्छ ।

    अध्यक्ष यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन खोजेपछि उनलाई रोक्न संघीय परिषद्का बाबुराम भट्टराई र अशोक राई लागेको बताइन्छ । बाबुराम र अशोक राई राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने पक्षमा छन् ।

    तर श्रेष्ठलाई नेतृत्व गराएर सरकारमा जाँदा मधेसमा चुनाव जितेर आएकाहरु चिढिने भन्दै उपेन्द्र तयार छैनन् । महेन्द्र राय यादव गुट परिवर्तन गरेर आएकाले उनलाई सरकारमा पठाउँदा उपेन्द्र पक्षका धेरै नेताहरु चिढिने सम्भावना उत्तिकै छ । यादवलाई कमजोर देखाउने गरी बाबुरामले मौका कुरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend