काठमाडौं – नेकपा माओवादी केन्द्रको पेशागत संगठन नेपाल राष्ट्रिय कर्मचारी संघ (विश्वविद्यालयतर्फ) को राष्ट्रिय समितिको महासचिव पदमा सोलुखुम्बुका लोकेन्द्र आरसी मनोनित भएका छन् ।
माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको साउन २४ गतेको भर्चुअल बैठकद्वारा संगठनको रिक्त रहेको महासचिव पदमा सोलुखुम्बुका लोकेन्द्र आरसी तथा उपमहासचिव पदमा प्रकाश सापकोटा र सचिव पदमा तुलसी दिवस महतरालाई नयाँ जिम्मेवारी प्रदान गरिएको संगठनका अध्यक्ष दिपक तिवारीले जानकारी गराए ।
विश्वविद्यालय भित्रका कर्मचारीको पेशागत समस्या समाधान, सांगठनिक गतिशिलता, सामूहिकता र संगठन विस्तारमा जोड दिँदै सबै विश्वविद्यालयका कर्मचारीको भरलाग्दो पेशागत संगठनका रूपमा स्थापित गराउने महासचिव लोकेन्द्र आरसीले बताए ।
बैठकले सबै विश्वविद्यालयमा अन्योल अवस्थामा देखिएको उपदान कोषबारे बृहत् अन्तर्क्रियाका साथमा विज्ञ समिति निर्माण गरी विश्वविद्यालय र शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराउने, नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन भ्रमण बिदा र खर्च विश्वविद्यालयका कर्मचारीले पनि पाउने सुनिश्चितता गर्न सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
बैठकले निश्चित सेवा अवधि पुगेका तर बढुवाको लागि विज्ञापन नभएर वृत्तिविकासमा अवरोध भएका कर्मचारीका लागि तत्काल तहगत बढुवाको आवेदन खुलाउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने र लामो समयदेखि स्थायी हुन नसकेका कर्मचारीको स्थायी प्रक्रिया अघि बढाउन सम्बन्धित पक्षसामु माग राखिने निर्णय भएको उपमहासचिव प्रकाश सापकोटाले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।