सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रधानमन्त्री देउवाको सचिवालयमा यी व्यक्तिले नियुक्ति पाउनसक्ने चर्चा, कसको भाग्य चम्किएला ?

प्रधानमन्त्री देउवाको सचिवालयमा यी व्यक्तिले नियुक्ति पाउनसक्ने चर्चा, कसको भाग्य चम्किएला ?

  • मिडिया डबली
  • आइतवार, श्रावण २४ २०७८

  • 12.6K
    SHARES

  • प्रधानमन्त्री देउवाको सचिवालयमा यी व्यक्तिले नियुक्ति पाउनसक्ने चर्चा, कसको भाग्य चम्किएला ?

    काठमाडौं - कम्युनिस्ट पार्टीमा देखिएको किचलोले कांग्रेस सभापति शेरबहादुर देउवालाई अनायसै प्रधानमन्त्रीको चिठ्ठा परेको २७ दिन बितिसकेको छ । तर, अहिलेसम्म उनले मन्त्रिपरिषद्लाई विस्तार गर्न सकेका छैनन् नै निजी सचिवालयसमेत गठन गर्न सकेका छैनन् ।

    विगतमा प्रधानमन्त्री बन्नेवित्तिकै देउवाले सचिवालय तुरुन्तै गठन गर्थे । तर, अहिलेसम्म उनले सचिवालयमा सरकारी कर्मचारीबाहेक अरु राजनीतिक नियुक्ति गर्न सकेका छैनन् ।

    सामाजिक सञ्जालमा ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने...’ भन्ने स्लोगानसहितको प्रचारले बालुवाटार निकै आलोचित भएपछि निजी सचिवालय गठनमा ढिलाइ भएको बताइएको छ ।

    सामाजिक सञ्जालमा आउने त्यस्ता बेतुकका भिडियो छँदाखाँदाको देउवा र कांग्रेसको प्रतिष्ठामा धक्का लागेपछि नेताहरुले नै आपत्ति जनाउनु परेको थियो । भिडियो सार्वजनिक गर्ने कार्य अहिले रोकिएको छ ।

    प्रधानमन्त्रीको निजी सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, आर्थिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस सल्लाहकारलगायत हुन्छन् । अहिले प्रमुख राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकार बन्न रस्साकस्सी सुरु भएको छ ।

    प्रमुख राजनीतिक सल्लाहकारमा सहमहामन्त्री डा.प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्माको नाम चर्चामा छ । परराष्ट्र सल्लाहकारमा डा.दिनेश भट्टराई नै दोहोरिन चाहेको बुझिएको छ ।

    प्रेस सल्लाहकारका लागि एक दर्जन पत्रकारको चर्चा चलेको छ । बाह्रखरीका सम्पादक प्रतीक प्रधान, ई–कागज अनलाइनका प्रधानसम्पादक हरिबहादुर थापा, पत्रकार महासंघका पूर्वसभापति सुरेश आचार्य, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, काठमाडौं प्रेसका प्रधानसम्पादक कसमस विश्वकर्मा, गोविन्द परियारलगायतको नाम चर्चामा छ ।

    परियारले काठमाडौं प्रेसबाट सम्पादकको राजीनामा दिएर बालुवाटारमा बसेर काम सम्हालिरहेका छन् । तर,प्रेस सल्लाहकारका लागि उनको योग्यता नपुग्ने, आमपत्रकारबीच राम्रो सम्बन्ध नरहेकाले उनलाई प्रेस संयोजकमै सीमित राख्ने निष्कर्षमा बालुवाटार पुगेको स्रोतले बतायो ।

    बालुवाटारमा अहिले कान्तिपुर टेलिभिजनबाट राजीनामा दिएर गएका लमजुङका विजय अधिकारीले प्रेसको काम हेर्दै आएका छन् । अधिकारी पत्रकारबीच त्यति नचिनिए पनि विवादमा आएका भने छैनन् ।

    तर अहिलेसम्म प्रधानमन्त्री देउवाले कसैलाई पनि औपचारिक नियुक्ति भने दिइसकेका छैनन् । देउवालाई पार्टी र परिवारबाटै घेराबन्दीमा पारिएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend