सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सरकारविरुद्ध दुष्प्रचार भएपछि कांग्रेस महामन्त्रीले मुख खोेले, यस्तो रहेछ रहस्य !

सरकारविरुद्ध दुष्प्रचार भएपछि कांग्रेस महामन्त्रीले मुख खोेले, यस्तो रहेछ रहस्य !

  • मिडिया डबली
  • आइतवार, श्रावण २४ २०७८

  • 4.4K
    SHARES

  • सरकारविरुद्ध दुष्प्रचार भएपछि कांग्रेस महामन्त्रीले मुख खोेले, यस्तो रहेछ रहस्य !

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठबन्धनको साझा धारणा बनाउन गठित कार्यदलले स्थानीय तहलाई प्रदेश मातहत राख्ने संविधानविपरीत तयारी गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । तर कांग्रेसले संविधान विपरीत हुने कुनै पनि काम सरकारले नगर्ने स्पष्ट पारेको छ ।

    सत्तारुढ गठबन्धनको कार्यदलले बुझाएको कार्यक्रममा संविधान विपरीतका कुनै विषय नसमेटिएको कार्यदलका संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले स्पष्ट पारेका छन् ।

    सरकार सञ्चालनमा सहजताका लागि कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत ल्याउन सिफरिस गरेको भन्दै आलोचना भएपछि संयोजक खड्काले सामाजिक सञ्जालमार्फत् ट्विटर कार्यदलले संविधानविपरीत कुनै कार्य नगरेको बताएका छन् ।

    खड्काले लेखेका छन्, ‘वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा स्थानीय निकायलाई प्रदेशको मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भनी हिजोदेखि निरन्तर प्रचारित झूटा खबरबाट सिर्जित अन्योललाई स्पष्ट पार्नु हाम्रो कर्तव्य ठानेका छौं । संविधान विपरीतको यस्तो सिफारिस गर्ने त के ? कार्यदलले कल्पना पनि गर्न सक्दैन ।’

    प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतृत्वलाई साझा कार्यक्रम र कार्यविधि बुझाउने गरी गठित कार्यदलले शुक्रवार सत्ता गठबन्धनका शीर्ष नेतालाई साझा कार्यक्रमको प्रारूप बुझाएको छ ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्य रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend