काठमाडौं – निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा रहँदासम्म ट्विटरमा सक्रिय रहन्थे । तर ओली सरकारी निवास छाडेर बालकोट पुगेपछि ट्विटरमा खासै केही लेखेनन् ।
राष्ट्रिय राजनीति र सरकारका पछिल्ला निर्णयमा नेकपा एमालेको तर्फबाट प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस विज्ञप्ति जारी गर्ने गरेका भएपनि ओलीले कुनै टिप्पणी गरेका छैनन् ।
तर ओलीले बालकोट पुगेपछि जापानमा बम खसालिएको घटना सम्झिएका छन् ।
शुक्रबार साँझ ओलीले ट्विटरमा लेखेका छन्, ‘६ अगस्त १९४५; आजकै दिन आणविक बमद्वारा हिरोसिमा ध्वस्त भयो । लाखौं सर्वसाधारण नागरिकको निर्मम हत्या भयो । त्यस अमानवीय घटनालाई स्मरण गर्दै पीडितप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु । ‘नो मोर हिरोसिमा’ नारामा सीमित नहोस्, त्यस्तो जघन्य घटना अब कहिल्यै नदोहरियोस्, कामना गर्दछु ।’
ओलीले स्वदेशी घटनालाई नजरअन्दाज गरेर विदेशको घटनालाई सम्झिँदै सहानुभूति व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।