सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

न्यायाधीशको पिँडुला ताछ्नुपर्छ भन्ने ढुंगेल ओलीका स्कुल विभाग सदस्य

न्यायाधीशको पिँडुला ताछ्नुपर्छ भन्ने ढुंगेल ओलीका स्कुल विभाग सदस्य

  • मिडिया डबली
  • बिहिवार, श्रावण २१ २०७८

  • 7.8K
    SHARES

  • न्यायाधीशको पिँडुला ताछ्नुपर्छ भन्ने ढुंगेल ओलीका स्कुल विभाग सदस्य

    काठमाडौं - कम्युनिस्ट पार्टीमा स्कुल विभाग पार्टीको सैद्धान्तिक राजनीतिक प्रशिक्षण दिने महत्वपूर्ण निकाय मानिन्छ। पार्टीका नेता कार्यकर्तालाई कस्तो प्रशिक्षण दिने, भावी नेतृत्वमा कसरी तयार पार्नेसम्मको प्रशिक्षण स्कुल विभागले दिने गर्छ ।

    त्यही स्कुलिङबाट प्रशिक्षित भएका उनीहरूले चुनावका बेला मतदातालाई प्रभावित पार्छन् । संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्छन् । तर, एमालेले हालै गठन गरेको स्कुल विभागको विषयलाई लिएर निकै टीकाटिप्पणी भइरहेको छ ।

    स्कुल विभागको संयोजक एमाले अध्यक्ष केपी ओली आफैं छन् । सामाजिक सञ्जालमा अब ओलीले कस्तो स्कुलिङ सिकाउलान् भनेर उडाउन थालिएको छ । ओलीले स्कुल विभागमा उखान र टुक्का त भन्ने होलान् भन्दै उनको आलोचना गरिएको हो ।

    तर, स्कुल विभागमा सदस्य बनाइएका बालकृष्ण ढुंगेलको विषयलाई लिएर एमालेमा ठूलै तरंग सिर्जना भएको बुझिएको छ । ढुंगेल माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका हुन् । उनी उज्जनकुमार श्रेष्ठ हत्या प्रकरणमा जेल सजाय काट्दै गर्दा माफी पाएर निस्किएका हुन् ।

    उनले आफ्नो आलोचना गर्ने र आफूलाई हत्या मुद्दामा जेल सजाय सुनाउने न्यायाधीशको पिँडुला ताछ्ने अभिव्यक्ति दिएर चर्चामा आएका थिए । अब यस्ताले एमालेको स्कुल विभागमा कस्तो प्रशिक्षण देलान् भन्ने चर्चा परिचर्चा सुरु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend