बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

अष्टलक्ष्मी शाक्यको बालकोट मोह, नेपालसँग टाढिँदै

अष्टलक्ष्मी शाक्यको बालकोट मोह, नेपालसँग टाढिँदै

  • मिडिया डबली
  • बिहिवार, श्रावण २१ २०७८

  • 3.4K
    SHARES

  • अष्टलक्ष्मी शाक्यको बालकोट मोह, नेपालसँग टाढिँदै

    काठमाडौं - केही समययता एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वरिष्ठ नेता माधवकुमार नेपालसँग टाढिँदै गएकी छन् । पार्टी अध्यक्ष केपी ओली बालुवाटारबाट बालकोट आएपछि शाक्य उनीसँग नजिकिन थालेकी हुन् ।

    स्रोतका अनुसार नेतृ शाक्यले अहिलेसम्म ओलीलाई धेरैपटक भेटिसकेकी छन् । ओलीले पनि शाक्यलाई प्राथमिकता दिएर घन्टौं छलफल गर्ने गरेको बताइन्छ । सोही कारण पछिल्लो समय शाक्य वरिष्ठ नेता माधवकुमार नेपालसँग टाढिँदै गएकी छन् ।

    एमाले अध्यक्ष ओली अहिले शाक्यलाई आफूतिर तानेर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सरकार बचाउन चाहन्छन् । शाक्यले चाहेमा तुरुन्तै पौडेल सरकार ढल्छ । त्यही भएर ओलीले प्राथमिकता दिएर शाक्यलाई बोलाएर छलफल गर्न थालेका छन् ।

    शाक्यले पनि पार्टी एकताको सन्देश बागमती प्रदेशबाटै दिने बताउँदै आएकी छन् । ओलीले माधव पक्षका भीम रावललाई आफ्नो गुटमा ल्याइसकेका छन् । अब शाक्यलाई पनि ल्याएपछि माधव कमजोर हुने ओली गुटको आकलन छ । त्यही भएर माधव नेपाल चाँडै वार कि पारमा लागेका छन् ।

    केही दिनअघि प्रदेश सरकारको भविष्यबारे कुराकानी गर्न माधव पक्षका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, ओली पक्षका मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्री केशव पाण्डे र प्रमुख सचेतक दीपक निरौला बालकोट पुगेका थिए । त्यहाँ ओलीले नेतृ शाक्यको निकै प्रशंसा गरेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend