सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

०५१ सालदेखि एमाले सुकुम्बासीका नाममा जग्गा बाँडेको बाँड्यै,तर सुकुम्बासीले कहिल्यै पाएनन्

०५१ सालदेखि एमाले सुकुम्बासीका नाममा जग्गा बाँडेको बाँड्यै,तर सुकुम्बासीले कहिल्यै पाएनन्

  • मिडिया डबली
  • बुधवार, श्रावण २० २०७८

  • 22.1K
    SHARES

  • ०५१ सालदेखि एमाले सुकुम्बासीका नाममा जग्गा बाँडेको बाँड्यै,तर सुकुम्बासीले कहिल्यै पाएनन्

    काठमाडौं - जबजब नेपालमा एमालेको सरकार बन्छ तबतब सुकुम्बासीलाई जग्गा बाँड्ने भन्दै सुकुम्बासी आयोग गठन हुन्छ । एमालेले सुकुम्बासीलाई जग्गा बाँड्न थालेको २७ वर्ष बितिसकेको छ । तर, वास्तविक सुकुम्बासीले कहिल्यै जग्गा पाएनन् ।

    बरु यसबीचमा हिजो चप्पल लगाएर काठमाडौं छिरेका एमाले नेताहरू अर्बपति बनिसकेका छन् । तर सुकुम्बासीको नाममा एमालेले राजनीति गर्न अहिलेसम्म छाडेको छैन ।

    हिजोका सुकुम्बासी एमाले नेता विष्णु पौडेल दुई दुईपटक अर्थमन्त्री बनिसके । गृहमन्त्री र उपप्रधानमन्त्री बने । एमालेको महासचिव बने । अहिले उनीसँग झन्डै अर्ब बढीको सम्पत्ति रहेको बताइन्छ ।

    ओखलढुंगामा आर्थिक अवस्था निकै दयनीय भएका एमाले महासचिव ईश्वर पोखरेलको सम्पत्ति सुन्दा पार्टीकै नेता कार्यकर्ताले जिब्रो टोक्छन् । अहिले उनीसँग दुई अर्ब बराबरको सम्पत्ति रहेको बताइन्छ ।

    ०५१ सालमा एमालेले पार्टीका नेता ऋषिराज लुम्सालीको अध्यक्षतामा सुकुम्बासी आयोग गठन गरेर जग्गा बाँडेको थियो । जसमा एमालेबाहेक अरु कसैले पनि जग्गा पाएनन् । यसबीचमा दर्जनौं सरकार फेरिए, तर सुकुम्वासी समस्याका नाउँमा राजनीतिभन्दा केही भएन । 

    केपी ओली दोस्रोपटक प्रधानमन्त्री भएलगत्तै चितवनका एमाले नेता देवी ज्ञवालीको संयोजकत्वमा फेरि पनि भूमि आयोग गठन गरियो । यो नियुक्ति राजनीति थियो ।

    भूमि आयोगमा १४ जना राजनीतिकर्मी र प्रत्येक जिल्लामा सातका दरले ५३९ जना पदाधिकारी गरी ५५३ जनाले जागिर पाएका थिए । देशभरि भर्ती गरिएका आयोगका सात हजार अन्य जागिरेहरूको पनि बिचल्ली भएको छ। आयोगले यसबीचमा एमालेलाई समर्थन गर्ने भए मात्र जग्गा दिने भन्दै काम गरेको कसैबाट छिपेको छैन ।

    एउटा पार्टीका भोटर र शुभेच्छुकलाई मात्र जग्गा बाँड्ने गरेको पाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि आयोग विघटन गरेका हुन् । तर, सरकारको यो निर्णयपछि एमालेजन फेरि विक्षिप्त भएका छन् ।

    पहिले ओलीको कुर्सी ढलेपछि नबौरिएका एमाले अहिले भूमि आयोग गठन भएपछि पुनः मानसिक सन्तुलन गुमाएर सरकारको उछितो काढ्न थालेका छन् । भूमि आयोगका नाममा केपी ओलीका कार्यकर्ताले २२ करोड राज्यकोष लुटेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend